दुल्लु दरबार पुनःनिर्माणमा बेवास्ता, उच्च अदालतमा रिट दायर
मातृभूमी संवाददता । ०४ वैशाख दैलेख
दुल्लु दरबारको पुनः निर्माणमा बेवास्ता गरिएको भन्दै उच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता शेरबहादुर खत्रीले १५ अप्रिल २०२५, उच्च अदालत सुर्खेतमा यो रिट दायर गरेका हुन् । यस रिटमा नेपाल सरकार, कर्णाली प्रदेश सरकार र दुल्लु नगरपालिकालाई विपक्षी बनाई परमादेश लगायतका उपयुक्त आदेश जारी गरी दरबारको पुनः निर्माण प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ ।
खत्रीले रिटमा उल्लेख गरेका छन् कि ऐतिहासिक र सांस्कृतिक महत्वको दुल्लु दरबारको संरक्षण र पुनःनिर्माणको कार्यमा लापरवाही र बेवास्ता गरिएको छ । यसका कारण यो महत्वपूर्ण ऐतिहासिक सम्पदाको अवस्था थप बिग्रिएको र यसलाई संरक्षण गर्ने तर्फको पहलमा चासो कम भएको आरोप लगाइएको छ ।
रिट दायर गर्नको मुख्य उद्देश्य भनेको सम्बन्धित सरकारी निकायलाई दुल्लु दरबारको पुननिर्माणका लागि तत्काल कार्ययोजना तयार गर्न र प्रभावकारी कदम चाल्न बाध्यपार्नु हो ।
यस प्रकरणले कर्णाली प्रदेशको ऐतिहासिक सम्पदाको संरक्षणमा थप ध्यान दिने पक्षमा सरकारलाई प्रोत्साहित गर्ने आशा गरिएको छ । यो मुद्दा अझै अदालतको निकट निगरानीमा रहने छ, र अदालतले यस विषयमा आवश्यक निर्णय दिनुपर्ने छ ।

