प्रचण्ड आईतवार दैलेख आउँदै

मातृभूमी संवाददाता । ०३ जेठ दैलेख
नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार दैलेख आउने भएका छन् । मध्यपहाडी लोकमार्ग अभियानका लागि अध्यक्ष प्रचण्ड सहितको केन्द्रीय पदाधिकारीको टोली दैलेख आउने माओवादी जिल्ला समन्वय समिति दैलेखले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान शुक्रबार बैतडीबाट भएको थियो । यस अघि तराई–मधेश केन्द्रित अभियान गरेको माओवादीले शुक्रबारदेखि ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ शुरू गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *