किसानलाई राहत वितरण शुरु

मातृभूमी संवाददता २८ जेठ दैलेख
कृषि विकास कार्यालय दैलेखले कृषि क्षेत्रमा प्रतिकुल असर पार्ने प्राकृतिक विपद्वाट प्रभावित किसानलाई राहत वितरण गर्न सुरु गरेको छ । कृषि विकास कार्यालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुर्खेतले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम बमोजिम ५२ लाख १ हजार रुपैँया राहत रकम वितरण गर्न सुरु गरेको हो ।
राहत रकम वितरण लागि आर्थिक वर्ष २०८१/०८२ मा मन्त्रालयले कृषि क्षेत्रमा विपद्बाट क्षति पुगेका कृषकलाई कर्णाली प्रदेश सरकारको राहत वितरण कार्यविधि अनुसार स्वीकृत गरेको कृषि विकास कार्यालय दैलेखका प्रमुख दशरथ पाण्डेले जानकारी दिए । दैवि प्रकोप राहत कार्यक्रम अर्न्तगत दैलेख जिल्लाका ७ सय ५० जना कृषकलाई ५२ लाख १ हजार रुपैयाँ बरावरको राहत रकम वितरण गर्ने कृषि विकास कार्यालय दैलेखका कृषि अर्थविज्ञ झकल बहादुर भण्डारीले जानकारी दिए ।
नारायण नगरपालिकाका किसानहरुलाई मंगलवार राहत रकम वितरण गरिएको र बाँकी स्थानीय तहमा अषाढ मसान्त भित्र राहत वितरण गर्ने उनले बताए । दैलेख जिल्लाका विभिन्न स्थानीय तहका कृषकहरुले लगाएको अन्नवालीमा भएको क्षतिको प्रकृति हेरेर राह रकम वितरण गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *