विद्युत समस्या समाधानका लागि सांसदको चासो
मातृभूमी संवाददाता । ३० असार दैलेख
कर्णाली प्रदेश सभा सदस्य कृष्ण कुमार बिसीले दैलेखको दुर्गम ठाउँमा विद्युत समस्या समाधानका लागि चासो व्यक्त गरेका छन् । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दैलेखका कार्यालय प्रमुख नरेशदत्त रावललाई भेटेर विद्युत समस्या समाधानका लागि चासो व्यक्त गरेका हुन् ।
प्रदेश सभा सदस्य विसीले नारायण नगरपालिका ११ विन्ध्यावासिनी, नौमूले गाउँपालिका ४ कालिका र महावु गाउँपालिका ६ लगाएतका ठाउँका नागरिकले विद्युतको समस्या भोगिरहेको भन्दै छिटोभन्दा छिटो समस्या समाधान गर्न कार्यालय प्रमुख रावललाई आग्रह गरेका हुन् ।
भेटका क्रममा कार्यालय प्रमुख रावलले प्राधिकरण दैलेख जिल्लाभरी छिटोभन्दा छिटो विद्युतिकरण गर्न लागिरहेको भन्दै छिट्टै समस्या समाधान गर्न लाग्ने वताए । उनले अवको केहि समयपछि दैलेखका सम्पुर्ण नागरिकले राष्ट्रिय प्रसारण लाईनको विद्युत उपभोग गर्न पाउने जानकारी गराएका थिए ।

