दैलेखमा बेवारिसे शव फेला

मातृभूमी संवाददाता । ११ श्रवाण दैलेख
दैलेखमा बेवारिसे शव फेला परेको छ । दुल्लु नगरपालिका ११ कयलकुना स्थित छामघाट खोला किनारमा एक पुरुषको बेवारिसे शव फेला परेको हो ।
सेतो रंगको हाफ टि–सर्ट लगाएको, तल्लो शरिरमा कपडा केही नभएको, माथिल्लो भागको कपडा पानीले भिजेको, बालुवा, माटो लागी कपडाको रंग प्रष्ट नदेखीएको, वायाँ हातको कान्छी औलाको नङमा हरियो कलरको नङ पोलिस लगाएको, मध्यम शरिर भएको र अन्दाजी ३५/४० वर्षको पुरुषको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी गणेश बहादुर बरालले जानकारी दिए ।
डिएसपी बरालका अनुसार पुरुषको नाम, थर र ठेगाना केहि खुल्न सकेको छैन । शवलाई पोष्टमार्टम तथा सनाखतको लागि दैलेख अस्पतालको शव गृहमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *