दैलेख माेडेल स्कुलमा निःशुल्क स्वास्थ्य शिविर

मातृभूमी संवाददाता । १७ श्रवाण दैलेख
दैलेख मोडेल स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्कुलको आयोजना र कियांक कियर सेन्टरको सहजिकरणमा विधार्थी, शिक्षक र अभिभावकका लागि नसर्ने रोग सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण, उच्च रक्तचाप, मधुमेह र सुगर लगायतको जाँच गरिएकाे स्कुलका भाईस प्रिन्सिपल हिक्मत बुढाले जानकारी दिए । शिविरमा १ सय ५५ जनाको चेकजाँच गरेको भाईस प्रिन्सिपल बुढाले जानकारी दिए ।
स्वास्थ्यको अवस्था पत्ता लगाउन, विधार्थीको स्वास्थ्य सेवाको पहुँचमा वृद्धि गर्न, विधार्थी रहेको स्थानवाट आधारभूत तथा अत्यावश्यक र अतिरिक्त विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न शिविर सञ्चालन गरेको हो । विशेषज्ञ शिविरबाट जटिल प्रकारका रोगहरू समयमा नै पत्ता लगाइ अस्पताल र उपयुक्त विशिष्टिकृत अस्पतालमा प्रेषण गर्नका साथै विधार्थी, अभिभावक र शिक्षकको सामूहिक बसाइ, खानपान तथा जीवनशैलीलाई परिमार्जन गर्दै व्यक्तिगत सरसफाइमा सुधार ल्याउने कर्णाली कियरका डा. टेक बहादुर खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *