दैलेखमा निषेधाज्ञा जारी
मातृभूमी संवाददाता २६ भाद्र दैलेख
जिल्ला प्रसाशन कार्यालय दैलेखले दैलेखमा निषेधाज्ञा लगाएकाे छ । पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै प्रशासनले दैलेखमा विहिबार साँझ ७ बजेदेखी शुक्रबार विहान ६ बजेसम्म निषेधाज्ञा आदेश जारी गरेकाे हाे । दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जारी गरेकाे निषेधाज्ञा आदेशमा आसभा, बैठक, भेला, घेराउ, प्रदर्शन र हुलदंगा गर्न नपाइने उल्लेख छ ।
जिल्ला सुरक्षा समितिको बैठकको निर्णय बमाेजिम स्थानीय प्रशासनले जारी गरेको एक सार्वजनिक अनुरोधमा हिंसात्मक गतिविधिमा सहभागी नहुन, अत्यावश्यक काम बाहेक वाहिर ननिस्कन, अत्यावश्यक सेवा लिन परे सूचना तथा समन्वय गरी सार्वजनिक सम्पतिको संरक्षणमा सघाउन आग्रह गरिएको छ ।
अबान्छित तथा हिंसात्मक गतिविधि वा अपराधिक गतिविधि भएको अवस्थामा सुरक्षा निकायमा सूचना गर्न अनुरोध गरिएको छ । सुरक्षा अधिकारीहरु र नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

