‘समस्या समाधानमा सघाउन आग्रह’

मातृभूमी संवादाता । ८ असोज दैलेख
गुराँस गाउँपालिका दैलेखका अध्यक्ष खेमराज ओलीले सरकारलाई नीति कार्यान्वयनमा दवाव दिने भन्दा समस्या समाधानमा सघाउन आग्रह गरेका छन् ।
सेभ द चिल्ड्रेनको सहयोगमा सामाजिक सेवा केन्द (सोसेक)को समन्वयमा गुराँस गाउँपालिकाले वुधवार गुराँसेमा आयोजना गरेको विद्यालय शान्ति क्षेत्र घोषणा कार्यान्वयन समीक्षा कार्यक्रममा अध्यक्ष ओलीले यस्तो वताएका हुन् ।
गाउँपालिकाका अध्यक्ष ओलीले शिक्षा क्षेत्रमा गाउँपालिकाले गरेको लगानी राम्रो प्रतिफल ल्याउन समुदायको सहयोग र सहकार्य जरुरीरहेका बताए ।
कार्यक्रममा उपाध्यक्ष दीपा बीसीले विद्यालयमा बालिकालाई महिनावारी हुँदा प्याड र अरु सुविधा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिन् ।
त्यस्तै पत्रकार अमर सुनार र सोसेकका कार्यक्रम निर्देशक नवराज बीसी, शिक्षा अधिकृत निर्मल अधिकारीले विद्यालय शान्ति क्षेत्र कार्यान्वयनको अवस्था विषयमा प्रकाश पारेका थिए ।
खुला छलफलमा विद्यालय शान्ति क्षेत्र कार्यान्वयनमा देखिएका समस्या विषयमा शिक्षक, विद्यार्थी र सरोकारवालाहरुले जिज्ञासा र सुझाव राखेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *