गाउँपालिकाका अध्यक्षको अनुरोध

भदे वुढामगर : अध्यक्ष नाैमूले गाउँपालिका दैलेख

मातृभूमी संवाददाता । १० फागुन दैलेख
नौमूले गाउँपालिकाका अध्यक्ष भदे वुढा मगरले वाहीरी मुलुकहरुमा महामारीको रुपमा फैलीएको कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमणको सतर्कताको लागि नौमूले गाउँपालिकावासी तथा जिल्लावासीहरुमा अनुरोध गरेका छन् । कोरोनाको संक्रमणवाट वच्नका लागि गाउँपालिकावासी सवैमा अध्यक्ष वुढाले आइतवार एक अनुरोधपत्र जारी गर्दै सवैमा सचेत रहन आग्रह गरेका हुन् ।
‘नौमूले गाउँपालिका वासीन्दा तथा सम्पूर्ण दैलेख जिल्लावासीहरुमा नौमूले गाउँपालिकाको तर्फवाट प्रेस विज्ञप्ती मार्फत विश्वव्यापी रुपमा फैलीएको महामारी कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमणको सतर्कताको लागि यसको प्रभाव र जोखीम सम्पूर्ण नेपालीमा पर्न सक्ने असरवाट वच्नका लागि सचेत हुन अनुरोध गर्दछु’ विज्ञप्तीमा भनिएको छ ।
विश्वव्यापी रुपमा फैलीएको ‘कोभिड–१९’ कोरोना भाइरस विरुद्ध लड्न तथा यस रोगवाट वच्ने उपाएका वारे व्यापक जनचेतना फैलाउन, सकरात्मक सूचना प्रवाह गर्न सल्लाह र सहयोगका लागि जनप्रतिनिधि, राजनितितक दलका शिर्ष नेतृत्व, शिक्षक, कर्मचारी, उद्योगी व्यापारी, सुरक्षाकर्मी, पत्रकार, वुद्धिजीवि, समाजसेवी, विद्यार्थी लगाएत सवै नेपाली एक भएर यस महामारीका विरुद्ध लड्न आह्वान गरिएको छ । साथै गाउँपालिकाले आफ्नो स्रोत साधनहरुको कमी हुन नदिन सवै प्रकारका प्रक्रिया चाल्ने प्रतिवद्धता व्यक्त गर्दछु । विज्ञप्तीमा भनिएको छ । सवैवाट सकरात्मक तथा प्रभावकारी सल्लाह सुझावको अपेक्षा गरिएको छ ।
‘अन्तमा उद्योगी व्यापारीहरुले दैनिक उपभोग्य सामाग्रीहरुको कृतिम अभाव सृजना नगरिदिनुहुन अनुरोध गर्दै यस महामारीका वारेमा गलत सूचना प्रभाह नगर्न नगराउन अनुरोध गर्दै विश्ववन्धुत्वको भावना र मातृभूमि प्रतिको दायित्व वोध गर्दै सवैमा कोरोना भाइरस विरुद्ध लड्ने शक्ति प्रदान होस् भन्ने कामना व्यक्त गर्दछु’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *