लकडाउनकाे उल्लंघन नगर्न निर्देशन

मातृभूमी संवाददाता । १६ चैत्र दैलेख
नौमूले गाउँपालिका वडा नं. ८ चौराठामा लकडाउनको उल्लंघन गरेको पाईएको छ । चौराठामा नेपाल सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन गर्दै निर्माणको काम धमाधम भैरहेको पाईएको हो । सरकारले ३÷४ जना भन्दा वढि जम्मा हुन नपाउने, घरभित्रै वस्नु पर्ने भनेपनि चौराठमा भने मानिसहरु भेला भएर विद्यालयको भवन निर्माणको काम गरिरहेको पाईएको हो ।
नौमूले गाउँपालिकाका अध्यक्ष भदे वुढा मगर सहितको टोलिले अनुगमन गर्ने क्रममा अरनिको मावि गिरखानीमा विद्यालयको भवन निर्माणको काम भैरहेको पाएपछि अहिलेलाई तत्कालका लागी काम रोक्न र मानिसहरु जम्मा नहुन निर्देशन दिईएको नौमूले गाउँपालिका दैलेखका अध्यक्ष भदे वुढा मगरले जानकारी दिए ।
वडा अध्यक्ष मोहन रानाको आदेश वमोजिम आफुहरुले काम गरिरहेको नाम नछाप्ने शर्तमा एक कामदारले वताए । उनले भने, ‘वडा अध्यक्ष ज्यूले छिटो काम सकौँ भन्नुभयो हामी त कामदार त भैहाल्यौँ । सरकारले घरभित्रै वस्नु भनेको छ । हामीलाई पनि रोगको डर छ तर के गर्ने अध्यक्ष ज्यूले भनेको पनि मान्नै प¥यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *