दैलेखमा पहिलो पटक कोरोना बीमा दावी रकम भुक्तान

मातृभूमी संवाददाता । २३ साउन दैलेख
दैलेखमा पहिलो पटक कोरोना बीमा दावी रकम भुक्तान गरिएको छ । नेको इन्सुरेन्स लिमिटेड दैलेखले पहिलो पटक कोरोना बीमा दावी रकम भुक्तान गरेको हो । दैलेख सदरमुकाममा एक कार्यक्रमकाबीच नेको इन्सुरेन्स लिमिटेड दैलेखका शाखा प्रमुख चेतन कुमार थापाले बीमितका हकवाला नारायण नगरपालिका १ का प्रेमवहादुर शाहीलाई कोरोना बीमा दावी रकम वापतको चेक हस्तान्तरण गरेका हुन् ।
कम्पनीले १ लाख बीमाङ्कको बीमा गरेका नारायण नगरपालिका १ दैलेखका बीमित प्रतिमा शाहीलाई कोरोना पोजेटिभ देखीएपछि बीमा दावी रकम वरावरको चेक प्रतिमाका वुवा प्रेमवहादुरलाई हस्तान्तरण गरेको शाखा प्रमुख थापाले जानकारी दिए ।
नारायण नगरपालिका १ का प्रतिमा शाहीले गएको जेठ २२ गते कोरोना विमा गरेकी थिईन् । उनलाई यहि श्रावण १० गते स्वाब चेकजाँचका क्रममा कोरोना पोजेटिभ देखिएको थियो । प्रतिमा १४ दिन सम्म होम आईसोलेसनमा वसीसकेपछि गरिएको दोस्रो चरणको स्वाब चेकजाँचका क्रममा उनलाई कोरोना नेगेटिभ देखिएको छ ।
बीमा समितिले कोरोना बीमा गरेको १५ दिन पछि स्वाब चेकजाँच गर्दा कोरोना पोजेटिभ देखिएपछि बीमा रकम भुक्तान गर्ने नियमानुसार बीमा रकम भुक्तान गरिएको शाखा प्रमुख थापाले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *