दैलेख महाेत्सव २०७५ सम्पन्न

मातृभूमी संवादाता । ४ चैत्र दैलेख
दैलेख महोत्सव २०७५ सम्पन्न भएको छ । गएको फागुन २४ गते देखी सुरु भएको कर्णाली प्रदेश स्तरिय उद्यम, कृषि, पर्यटन र औधोगिक व्यापार मेला दैलेख महोत्सव २०७५ सोमवार सम्पन्न भएको हो ।
११ दिन सम्म चलेको महोत्सवको समापन कार्यक्रममा वोल्दै नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाहीले दैलेखमा सम्पन्न भएको महोत्सबले जिल्लामै उद्यमी बनाउने र जिल्लाको आर्थिक विकासमा टेवा पु¥याएको बताए । अध्यक्ष शाहीले महोत्सवले परम्परागत कला संस्कृतिको जगेर्ना, व्यवसायिक कृषि, पर्यटन, जलविद्युत क्षेत्रमा लगानीमैत्री वातावरण तथा व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न सघाउ पु¥याएको वताए ।
समापन कार्यक्रममा दैलेख उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष कुल बहादुर विकले महोत्सबले जिल्लामा लोप हुँदै गएको स्थानीय लोक संस्कृतिको संरक्षण तथा उजागार गर्नमा टेवा पु¥याएको बताए । महोत्सब सफल बनाउन सहयोग गर्नुहुने सबैप्रति धन्यवाद ज्ञापन गर्दै अध्यक्ष विकले महोत्सबबाट आम्दानी भएको रकमबाट अत्याधुनिक सेमिनार हल र कृषि उपज संकलन भण्डारण कक्ष निर्माणका लागि कार्य प्रारम्भ गरिने बताए ।

यस्तै प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जिल्लाको समग्र विकासका लागि यो महोत्सवले महत्वपूर्ण भूमिका खेलेको वताए । महोत्सब अवधीभर महोत्सवमा बद्री पंगेनी, टिका पुन, राधिका हमाल, जीवन शर्मा, अर्जुंन सोनाम, कुलेन्द्र बि.क., दुर्गेश थापा, ज्योति मगर, शिवहरी पौड्याल, किरण केसी, मोहन गौतम, धिरेन्द्र शाही, लोकेन्द्र जि.सी. (कुमार) लगायतका राष्ट्रिय तथा स्थानीय स्तरमा ख्यातीप्राप्त कलाकारहरुले गित संगित मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।
यस्तै दैलेखमा रहेका स्थानीय कला संस्कृतिहरु, देउडा नाच, ढालतरवार नाच, मारुनी नाच, लगाएतका संस्कृतिहरु पनि प्रदर्शन गरिएको थियो । मेलामा दैलेखका स्थानीय उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरु विक्री वितरणका लागि राखिएको थियो । दैलेख महोत्सवमा पहिलो पटक जिल्ला मालपोत कार्यालय नजिकवाट दैनिकजसो प्याराग्लाईडिङ पनि गरिएको थियो । समापन कार्यक्रममा दैलेख महोत्सवलाई भव्य र सभ्यरुपमा सफल पार्नका लागी सहयोग गर्ने सम्पुर्णलाई सम्मानपत्रले सम्मान पनि गरिएको थियो । समापन कार्यक्रमको संचालन संस्थाका महासचिव राजेशकुमार हमालले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *