दैलेख प्रशासनद्वारा एक वर्षमा एक कराेड वढि राजश्व संकलन

टाेपेन्द्र कुमार थापा । ३० भाद्र दैलेख
जिल्ला प्रशासन कार्यालय दैलेखले आर्थिक वर्ष २०७८/०८९ मा एक करोड भन्दा वढि राजश्व संकलन गरेको छ । राहादानी शुल्क लगाएत अन्य विभिन्न शिर्षकहरुवाट आ.व. ०७८/७९ मात्रै जिल्ला प्रशासन कार्यालय दैलेखले १ करोड २ लाख ६३ हजार २ सय ६१ रुपैयाँ राजश्व संकलन गरेको हो ।
आर्थिक वर्ष २०७७/०७८ को तुलनामा आ.व. २०७८/०७९ मा राजश्व संकलनमा उल्लेख्य वृद्धि भएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ । आ.व. २०७७/७८ मा २३ लाख ४१ हजार राजश्व संकलन गरेको जिल्ला प्रशासन कार्यालय दैलेखले आ.व. २०७८/०७९ मा १ करोड २ लाख ६३ हजार २ सय ६१ रुपैयाँ राजश्व संकलन भएको जनाएको छ ।
राजश्व सम्बन्धि मासिक प्रतिवेदन २०७८/०७९ अनुसार परिक्षा शुल्कवाट १४ हजार ३ सय ५०, राहदानीवाट ९८ लाख १ हजार, अन्य प्रशासनिक सेवा शुल्कवाट १ हजार ४ सय ३० रुपैयाँ संकलन गरेको जिल्ला प्रशासन कार्यालय दैलेखको भनाई छ । त्यस्तै कम्पनी रजिष्ट्रेशन दस्तुर वापत १ लाख २५ हजार ७ सय, हात हतियार इजाजतपत्र दस्तुर वापत २० हजार, न्यायिक दण्ड जरीवाना र जफत वापत २ लाख ३३ हजार २ सय ८१ र प्रशासनिक दण्ड जरीवाना र जफत वापत ६७ हजार ५ सय गरी १ करोड २ लाख ६३ हजार २ सय ६१ रुपैयाँ राजश्व संकलन भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
विगतका आर्थिक वर्ष भन्दा आ.व. २०७८/०७९ मा राजश्व संकलन वृद्धि हुनुमा जिल्ला प्रशासन कार्यालय दैलेखले ई-पार्सपोटलाई सहज ढंगवाट सेवा दिई राहदानीमा राजश्व वृद्धि भएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले वताए । कार्य सम्पादन मुल्यांकनमा अति उत्कृष्ट जिल्लामा परेको दैलेख प्रसाशन हरेक काम व्यवस्थित गर्दै सेवाग्राहीलाई छिटो छरितो सहज सेवा दिदै आएको छ ।
आर्थिक वर्ष २०७८/०७९ का लागि भएको कार्य सम्पादन सम्झौताको कार्यान्वयनको अवस्था मूल्याङ्कन समितिले सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदन अनुशार ६८ वटा परिसूचकहरूका आधारमा कार्य सम्पादन मुल्याङ्कनमा दैलेख उत्कृष्ट २२ जिल्लामा परेको हो ।
कार्य सम्पादन सम्झौताको ६ वटा विषयगत क्षेत्रहरू शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासन अन्तरगत गरी ६८ वटा परिसूचकहरूमा ९७ प्रतिशत अङ्क प्राप्त गरी जिल्ला प्रशासन कार्यालय दैलेख अति उत्कृष्ट जिल्लामा परेको दैलेखका प्रमुख जिल्ला अधिकारी प्याकुरेलले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *