नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश : श्रीलंका ४-० गाेल अन्तरले पराजित

मातृभूमी संवादाता । ६ चैत्र विराटनगर

नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । बुधबार सहिद रंगशालामा भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ४-० ले स्तब्ध बनाउदै नेपाल फाइनल पुगेको हो । नेपालको जितका लागि पहिलो हाफमा एक गोल र दोश्रो हाफमा तीन गोल भयो । नेपालको लागि पुनम जर्गा मगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले समान एक एक गोल गरे ।

पहिलो गोल नेपालका लागि ४२ औं मिनेटमा पुनम जर्गा मगरले गरिन् । खेलको ७३ औं मिनेटमा अनिता बस्नेतले दोश्रो गोल गरिन् । त्यसैगरी खेलको ८२ औं मिनेटमा अनिता बस्नेतकै पासमा सावित्रा भण्डारीको हेडर बलले श्रीलंकाको जाली चुमेपछि नेपालले ३-० ले अग्रता लियो । श्रींलकाको कमजोर रक्षापंक्तिको फाइदा उठाउने क्रममा नेपालले खेल सकिन चार मिनेट बाँकी हुँदा चौथो गोल गर्यो ।
रेखा पौडेलले नेपालका लागि चौथो गोल गरेकी थिइन्  । पौडेल खेलको ६४ औं मिनेटमा कप्तान निरु थापाको स्थानमा मैदान प्रवेश गरेकी थिइन् । आफ्नो तेश्रो अन्तर्राष्ट्रिय खेल खेल्ने क्रममा पौडेल पहिलो गोल गर्न सफल भइन् । नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले नेपालको लक्ष्य उपाधि रहेको बताए ।

नेपालले दोस्रो सेमिफाइनलको विजेतासँग शुक्रबार फाइनल खेल्नेछ । दोश्रो सेमीफाइनलमा साविक उपविजेता बंगलादेशले चारपटकको विजेता भारतको सामना गर्दैछ। यसअघि नेपाली टोलीले पहिलो, दोश्रो र तेश्रो साफको फाइनल यात्रा तय गरिसकेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *