दैलेखमा ट्याक्टरबाट खसेर एकको मृत्यु

मातृभूमी संवाददाता । १५ माघ दैलेख
दैलेखमा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । छामघाट खोलाबाट ढुङ्गा बोकेर किमुगाउँतर्फ जाँदै गरेको ट्याक्टर मध्यपहाडी राजमार्ग अन्र्तगत नारायण नगरपालिका १ गहतारी नजिक भएको दुर्घटनामा परी नारायण नगरपालिका १० ग्वातीका २३ वर्षीय रमेश बिकको मृत्यु भएको हो ।
भे २ त १४७८ नम्बरको ट्याक्टरवाट खस्दा वीचको ठूलो टायरले च्यापेको अवस्थामा प्रहरीले उद्धार गरी दैलेख अस्पताल पुर्‍याए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
मूल सडकमा ट्याक्टरको बीचको ठूलो टायरले देब्रे हात, छाति च्यापिएको र मुखबाट रगत बगेको अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएकोमा मुटुको धड्न बन्द भइसकेकोले मृत घोषणा गरिएको दैलेख अस्पतालका डा. बिवेक सुवेदीले जानकारी दिए ।
ट्याक्टर चालक भगवतीमाई गाउँपालिका ७ बडाभैरबका कृष्णबहादुर बिक फरार भएकाले उनको खोजी र घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । छामघाट खोलाबाट काम सकेर साथीको ट्याक्टरमा जाँदै गर्दा सदरमुकाम नजिक उनी ट्याक्टरवाट खसेका थिए । मृतक रमेश बिक पनि ट्याक्टर चालक नै हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *