कांग्रेस नेतृत्वले दैलेखलाई न्याय गर्‍यो : सांसद चालिसे

मातृभूमी संवाददाता । ०९ बैशाख दैलेख
कर्णाली प्रदेशसभा सदस्य पुर्ण वहादुर खत्री चालिसेले सक्षम र सिनियर लिडरलाई मन्त्री बनायर कांग्रेस नेतृत्वले दैलेखलाई न्याय गरेको वताएका छन् । शनिवार विहान कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्ण कुमार विसीलाई दैलेखको चुप्रामा भएको स्वागत कार्यक्रममा वोल्दै प्रदेशसभा सदस्य चालिसेले यस्तो वताएका हुन् ।
प्रदेश सभा सदस्य चालिसेले जनताका समस्या आफुले सदनमा उठाउने र मन्त्री मार्फत बिकासका कामलाई अगाडी वढाउन लागि पर्ने भन्दै मन्त्रीको कार्यकाल सफल बनाउन आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *