दैलेखका विष्टको आरडिटी नेगेटिभ

मातृभूमी संवाददाता । ०३ वैशाख दैलेख
नारायण नगरपालिका वडा नं. ११ का कर्णवहादुर विष्टको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) नेगेटिभ देखिएको छ । विष्टको दैलेख अस्पतालमा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परिक्षण गर्दा नेगेटिभ देखिएको हो ।
दैलेख अस्पतालका प्रमुख डा. निराजन पन्तका अनुसार ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परिक्षण गर्दा नेगेटिभ देखिएको भएपनि यसलाई विश्वास गरिहाल्न सकिने अवस्था छैन । ‘यो नै अन्तिम रिर्पाेट होइन’ प्रमुख डा. पन्तले भने, ‘विष्टको स्वाव परिक्षणका लागी प्रदेश अस्पताल पठाईएको र त्यहाँवाट रिर्पाेट आएपछि वाँकी स्वास्थ्य अवस्था थाहा हुने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *