धुलो उडेको भन्दै स्थानीयद्धारा सडक अवरुद्ध

मातृभूमी संवाददाता । ०३ चैत्र दैलेख
नारायण नगरपालिका स्थित सनराइज स्कूल नजिकैको सडकमा गाडिले धुलो उडाएको भन्दै स्थानीयले सडक अवरुद्ध पारेका छन् । नारायण नगरपालिकाको कुसाँडा जाने सडकमा गाडिले धुलो उडाएर हैरानी वनाएको भन्दै स्थानीयले सडकमा खाल्डा पारी सडकनै अवरुद्ध पारेका हुन् ।
ठाउँ–ठाउँमा ठुला खाल्डा र ढुंगाको वाल लगाई सडक अवरुद्ध पारेका छन् । नारायण नगरपालिकाले सडक व्यवस्थीत नवनाउँदा दिनहुँ धुलोले हैरानी वनाएको स्थानीयले वताएका छन् । पटक–पटक नारायण नगरपालिका दैलेखलाई सडक व्यवस्थित वनाउनका लागि अनुरोध गर्दा समेत वेवास्ता गरेको स्थानीयले आरोप लगाएका छन् ।
वर्षा याममा वजारको हिलो पानी घरभित्र छिर्ने र अहिले धुलोले हैरानी वनाएकाले नगरपालिकाको ध्यानाकर्षणका लागि सडकमा खाल्डा पारेको र ढुंगाले वन्द गर्न वाध्य भएको स्थानीय जगत थापाले वताए । ‘हामिले पटक–पटक नारायण नगरपालिकालाई सडक व्यवस्थित वनाउन आग्रह गरेका थियौं’ स्थानीय थापाले भने, ‘तर नारायण नगरापलिकाले हाम्रो कुनै गुनासो नसुनेपछि वाध्य भएर सडक वन्द गर्नु परेको छ ।’ वर्षेनी लाखौं रकम खर्च हुने भएपनि उक्त सडक व्यवस्थीत नहुँदा यहाँका स्थानीयले धुलो र हिलोवाट सास्ती खेप्नु परेको छ ।
विकासका नाममा वर्षेनी वजेट खर्च गरेपनि दिगो विकासका लागि सरोकारवाला चासो नदिदा स्थानीयले सास्ती खेप्नु परेको हो । जनप्रतिनिधिहरुले आफु अनुकुलका योजनाहरु अघि सार्दा वास्तविक क्षेत्रका स्थानीयले दुःख पाउने गरेको स्थानीयले आरोप लगाएका छन् । जनताको लागि काम गर्न हिडेका जनप्रतिनिधिहरुले जनताकै गुनासा नसुन्दा आफुहरु अन्यायमा परेको एक स्थानीयले वताए । सडक वनाउन लाग्नु पर्नेमा त्यहाँका स्थानीय सडक भत्काउन तिर लाग्नु समस्या समाधानको पाटो नरहेको र अरुलाई क्षती नभई त्यसले आफैलाई विनास गर्ने केहि स्थानीय वताउँछन् ।
उता नारायण नगरापालिका वडा नं. १ का वडा अध्यक्ष तिर्थ नारायण श्रेष्ठले उक्त सडकका लागि गर्त वर्षको वजेट फ्रिज भएको र त्यसलाई पुनः यो वर्ष टेन्डर मार्फत काम सञ्चालन गर्न लागिएको वताए । विविध कारणले गर्दा उक्त सडकको काम ढिला भएकाले अवको केहि दिनमै काम सुचारु हुने वडा अध्यक्ष श्रेष्ठले वताए ।
वर्षाको समयमा हिलो भयो भन्दै त्याहाँका स्थानीले गुनासो गरेपछि आफै पुगी डोजर वोलाएर काम गरेको अध्यक्ष श्रेष्ठले वताए । जनताको चाहाना र आवश्यकता अनूरुप आफुले काम गर्दै आएको र आगामी दिनमा पनि सोही अनुरुप काम गर्ने वडा अध्यक्ष श्रेष्ठले वताए । ‘जनताको माग र आवश्यकता अनुसार कहाँ के समस्या छ त्यसको सुनुवाई भएकोछ’ वडा अध्यक्ष श्रेष्ठले भने, ‘वडावासीको चाहाना अनुरुप काम गर्दै सवै पक्षसंग परार्मश गरी विकासका गर्न सधै लागि परेका छौ ।’ नगरपालिकाका ११ वडा मध्ये जनताको गुनासो सुन्ने र सम्वोधन गर्ने अध्यक्षमा श्रेष्ठ अगाडि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *