जेसीजको क्षेत्र ‘घ’ सम्मेलन वीरेन्द्रनगरमा हुँदै

मातृभूमी संवाददाता । ०९ भदौ सुर्खेत
जेसीजको क्षेत्र ‘घ’ सम्मेलन वीरेन्द्रनगरमा हुँदैछ । नेपाल जेसीजको आयोजना तथा वीरेन्द्रनगर जेसीजको आतिथ्यतामा भदौ ११ र १२ गते हुन लागेको हो । दुई दिनसम्म संचालन हुने सम्मेलनको सम्पूणर् तयारी पुरा भएको सम्मेलन निर्देशक नन्द बिसीले जानकारी दिए । आयोजकले बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर सम्मेलनको तयारी पुरा भएको जनाएको हो ।
सम्मेलनको उद्घाटन कणर्ाली प्रदेश सरकारका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्ने जनाईएको छ । कोरोना महामारीका कारण सम्मेलन भौतिक उपस्थिती र अनलाइन जुम मार्फत हुने आयोजकले जनाएको छ । निर्देशक बिसीले भौतिक रुपमा सिमित व्यक्तित्वहरुलाई मात्रै उपस्थित गराइने जनस्वास्थ्यका मापदडलाई पूणर् रुपमा पालना गर्दै कम संख्यामा भौैतिक रुपमा र भचुर्अल रुपमा संचालन गरिने जानकारी दिए । उनका अनुसार कोरोनाका कारण शाखा अध्यक्षहरुलाई अनिवार्य भौतिक रुपमा उपस्थित र सदस्यहरुलाई जुुममा सहभागि गराइने छ । शाखाहरुबाट अध्यक्ष र भर्चुअल रुपमा क्षेत्र ‘घ’ का ६ सय बढी यूवाहरु सहभागी गराइने उनले जानकारी दिए ।
नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठले सम्मेलनले १८ वर्षदेखि ४० वर्ष मुनिका युवालाई सकारात्मक सन्देशका साथ नेतृत्व तथा व्यक्तित्व विकासमा टेवा पुग्ने बताए । उनले यस क्षेत्रको व्यापार, पर्यटन तथा पहिचान प्रवद्धनमा टेवा पुग्ने पनि विश्वास व्यक्त गरे । कणर्ाली प्रदेशलाई पर्यटकिय हिसाबले देशभरी परिचित गराउने अपेक्षा गरिएको उनको भनाई छ । उनका अनुसार नेपाल जेसिजले प्रत्येक वर्ष सम्मेलनको आयोजना गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *