नौमूलेमा चौथो अध्यक्ष कप खुल्ला भलिवल प्रतियोगिता हुँदै

मातृभूमी संवाददाता । १९ पौष दैलेख
दैलेखको नौमूले गाउँपालिकामा चौथो अध्यक्ष कप खुल्ला भलिवल प्रतियोगिता हुने भएको छ । नौमूले गाउँपालिकाका आर्थिक सहयोग र नौमूले गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा चौथो अध्यक्ष कप खुल्ला भलिवल प्रतियोगिता हुन लागेको हो ।
यहि पौष २२ गतेदेखी संचालन हुने भलिवल प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने समुहले नगद पुरस्कारका साथै कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक नौमूले खेलकुद विकास समितिका अध्यक्ष लाल वहादुर चन्दले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुने समुहले यहि पौष २२ गते विहान १० वजे सम्म आफ्नो समुह दर्ता गराई सक्नु पर्ने आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा विभिन्न विधाका वेस्ट प्लेयरलाई नगद पुरस्कार तथा प्रमाणपत्र समेत वितरण वितरण गरिने अध्यक्ष चन्दले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *