दुल्लु र आठवीसमा मानव अधिकार रक्षक सञ्जाल गठन

मातृभूमी संवाददाता । २३ माघ दैलेख
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतले दैलेखमा मानव अधिकार सवाल प्रवद्र्धन गर्न दुल्लू नगरपालिका र आठबीस नगरपालिकामा स्थानीय अधिकारकर्मी र सामाजिक अभियन्ताहरुको नेतृत्वमा चार ओटा मानव अधिकार रक्षक सञ्जाल गठन गरेको छ ।
‘अधिकार-२ परियोजना’ अन्र्तगत मानव अधिकारका विभिन्न क्षेत्रलाई एकीकृत रुपमा प्रभावकारी रुपमा उठाउदै उपेक्षित, उत्पीडित र पिछडिएको जाति, वर्ग, क्षेत्र र समुदायको न्यायको निम्ति पहल कदमी गर्ने मुख्य उद्देश्यले दुइटै नगरपालिकामा भौगोलिक अनुकुलता हुने गरी दुई-दुई ओटा सञ्जाल गठन गरिएको छ ।
माघ २० गते दुल्लूमा क क्लष्टरका वडा नं. ५, ६, १०, ११, १२ र १३ बाट प्रतिनिधित्व गर्दै वडा नं. १० की गीता सुनारको संयोजक, वडा नं. १३ का नैनसिंह बिश्वकर्मा सहसंयोजक रहेको ७ सदस्यीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ ।
क क्लष्टर क्षेत्रका वडा नं. ५ का पूणर्बहादुर थापा, वडा नं. ६ का प्रेमबहादुर मेनाल, वडा नं. १० का हिरा सुनार, वडा नं. ११ की पार्वती कसेरा र वडा नं. १२ का धरमबहादुर सुनार सञ्जालको सदस्य बनेका छन् ।
त्यसैगरी ख कलष्टरमा वडा नं. १, २, ३, ४, ७, ८ र ९ वाट प्रतिनिधित्व गर्दै दुल्लू नगरपालिका वडा नं. ९ का कलमबहादुर नेपाली संयोजक र वडा नं. ३ की मोतिकला कार्की सहसंयोजक रहेको ९ सदस्यीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ ।
ख क्लष्टर स्तरीय मानव अधिकार रक्षक सञ्जाल सदस्यहरुमा वडा नं. २ की निर्मला बिक, वडा नं. ३ का पवन खनाल, वडा नं. ४ का गणेश बिक, वडा नं. ८ की माया भण्डारी, दुर्गबहादुर नेपाली, वडा नं. ९ की देउरुपा सार्की, टेकबहादुर सुजी चयन भएका छन् ।
इन्सेकले माघ २१ गते आठबीस नगरपालिकाको ९ ओटै वडा समेटेर गरिएको ‘अधिकार-२ परियोजना’ अन्तरक्रियापछि दुई ओटा भौगोलिक क्लष्टर छुट्याएर स्थानीय अधिकारकर्मीहरुको छलफलबाट दुई ओटा मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको हो ।
आठबीस नगरपालिकाको वडा नं. १, २, ३, ४ र ८ क क्लष्टरमा वडा नं. ८ का बिमल बोहराको संयोजकत्वमा ७ सदस्यीय सञ्जाल गठन गरिएको छ । सहसंयोजकमा वडा नं. १ की जौधरा आचार्य रहेकी छन् ।
क क्लष्टर सञ्जालको अरु सदस्यहरुमा आठबीस नगरपालिका वडा नं. १ का डम्वर बिक, वडा नं. २ की चन्द्रा शाही, वडा नं. ४ का सिर्जना माझी, जमुना माझी र वडा नं. ८ का प्रेमबहादुर बिक चयन भएका छन् ।
माघ २१ गतेको छलफलबाट आठबीस नगरपालिका वडा नंं ५, ६, ७ र ९ समेटिएको ख क्लष्टरका ४ ओटाबाट प्रतिनिधित्व हुने गरी वडा नं. ८ की पवित्रा थापा संयोजक, वडा नं. ७ का रामबहादुर बिक सहसंयोजक, वडा नं. ७ की राधिका नेपाली र वडा नं. ९ का टेकबहादुर बिक सदस्य चयन भएका छन् ।
दुल्लूमा भएको कार्यक्रममा दुल्लू नगरपालिकाका उपमेयर बिष्णुकुमारी थापाले कमजोरहरुको न्यायको निम्ति मानव अधिकार क्षेत्रमा अनुभवी संस्था इन्सेकले परियोजना सञ्चालन गर्न लागेकोमा खुशी प्रकट गर्दै नगरपालिका सधैं सहयोगी रहने बताइन् ।
आठबीसमा भएको ‘अधिकार-२ परियोजना’ परिचय कार्यक्रममा नगरपालिकाका उपमेयर दीपा बोहराले प्रहरी प्रशासन लगायतको राज्य संयन्त्र, राजनीतिक दल र कतिपय जनप्रतिनिधि समेत पीडकको संरक्षणमा जुट्ने गलत प्रचलनका कारण पीडितको न्याय कमजोर बनेको टिप्पणी गरिन् ।
दुई ओटै कार्यक्रममा ‘अधिकार-२ परियोजना’का कार्यक्रम संयोजक किरण पौडेल, कार्यक्रम अधिकृत परिस्कृत पौडेल, इन्सेकको इएलपी कार्यक्रमका कर्णाली प्रदेश फोकल पर्सन दुर्गा थापा, इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले इन्सेकको मानव अधिकार सवलीकरण अभियान र परियोजाले गर्ने काम बारे प्रकाश पारेका थिए ।
मानव अधिकारका स्थानीय सवालहरु लैंगिक हिंसा, जातीय विभेद, छाउपडी प्रथा, कथित बोक्सी आरोप जस्ता कुरीति हटाउनुसँगै अपाङ्गता समस्या भोगेकाहरु, बालबालिका र ज्येष्ठ नागरिकहरुलाई प्रवद्र्धनका निम्ति नागरिक स्तरबाट अगुवाई गर्न मानव अधिकार रक्षक सञ्जालको क्षमता विकासमा परियोजनाले सघाउने बताइएको छ ।
इन्सेकले ‘अधिकार-२’ परियोजना कणर्ाली प्रदेशका १० ओटै जिल्लामा लागू गरे पनि दैलेखको दुल्लू नगरपालिका, आठबीस नगरपालिका र सुर्खेतको बीरेन्द्रनगर नगरपालिकामा समुदाय स्तरमा मानव अधिकार प्रवद्र्धनका कार्यक्रमहरु हुने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *