निस्सासिएर मृत्यु भएका परविारलाई ठाँटीकाँध गाउँपालकिाको सहयोग

मातृभूमी संवाददाता । २८ फागुन दैलेख
यहि फागुन १९ बिहीबार राति निस्सासिएर मृत्यु भएका परिवारलाई ठाँटीकाँध गाउँपालिकाले राहत सहयोग गरेको छ । गाउँपालिकाले १९ फागुन बिहीबार राति सुतिरहेको अवस्थामा कपडाबाट आगो सल्किएर मृत्यु भएका बादी परिवारलाई दैनिक उपभोग्य वस्तु र नगद सहयोग गरेको हो ।
ठाटीकाँध गाउँपालिका १ मा बसोवास गर्दै आएका ४० वर्षीय हरिकला बादी र उनका १८ वर्षीय छोरा रमेश बादीको निस्सासिएर मृत्यु भएको थियो । उक्त घटनाप्रति दुःख व्यक्त गर्दै ठाँटीकाँध गाउँपालिकाले मृतकको घर परिवारलाई ५८ हजार नगद रुपैयाँ सहित दैनिक उपभोग्य बस्तु वितरण गरेको ठाँटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले बताए । मृतकका घर परिवारको न्यून आयस्रोत भएकाले आफूहरुले सहयोग गरेको अध्यक्ष शाहीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *