दैलेखका किसान किवि खेतीमा आकर्षण

मातृभूमी संवाददाता । ३० फागुन दैलेख
दैलेखको भैरवी गाउँपालिका देउलेका किसानहरू किवि खेतीमा आकर्षित हुन थालेका छन् । रोपिएका किविको राम्रो उत्पादन होला, नहोला भनेर चिन्तित बनेका किसानहरू पछिल्लो समय किवि खेतीमा आकर्षित हुन थालेका छन् । परीक्षणका लागि ४ वर्ष अघि लगाईएका किविका बोटमा राम्रो फल लाग्न थालेपछि अहिले किसानहरू व्यावसायिक किवि खेतीमा लागेको किसान राजेश कँडेलले वताए ।
उनले परीक्षणका लागि ४ वर्ष अघि १० ओटा किविका बोट ल्याएर रोपेको र ३ वर्षमै राम्रो फल लागेपछि अहिले गाउँका अन्य किसान पनि किवि खेतीमा लागेको बताए । व्यावसायिक किवि खेतीमा लागेपछि आम्दानी पनि राम्रो हुने गरेको कँडेलको भनाइ छ । सुरुमा लगाएको किविको ३ वर्षमा नै एउटै बोटमा २० केजीसम्म फलेको थियो । तर, अहिले ४ वर्षमा एउटै बोटमा ९० किलोसम्म किवि फलेपछि घरपरिवार चलाउन सजिलो भएको अर्का किसान विष्णु कँडेलले
वताए । अहिले गाउँका ३५ जना किसानले किवि खेती गरेको विष्णुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *