सहकारी व्यवस्थापन तथा सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न

मातृभूमी संवाददाता । ०१ चैत दैलेख
नेपाल सरकारले लिएको तिन खम्वे अर्थनिति अन्र्तगत सहकारी पनि एक खम्वा भएको प्रतिनिधी सभा सदस्य राज वहादुर वुढाले वताएका छन् । जिल्लामा संचालन भएको सहकारी व्यवस्थापन तथा सहकारी लेखा व्यवस्थापन सम्वन्धी तालिमको समापन कार्यक्रममा वोल्दै प्रतिनिधी सभा सदस्य वुढाले राष्ट्रिय अर्थतन्त्रलाई मजबुद बनाउन र मुलुकलाई आर्थिक रूपमा बलियो बनाउन सहकारीको भुमिका महत्वपुणर् रहने वताए ।
प्रतिनिधी सभा सदस्य वुढाले जिल्लामा रहेका सहकारीको वृद्धि, विकासका लागि आफुले सक्दो सहयोग गर्ने धारणा राखे । प्रतिनिधी सभा सदस्य वुढाले भने, ‘सहकारीले समाज रहेको सानो-सानो रकमलाई एकिकृत गर्ने भएकाले समाजबादको सुरुवात सहकारीवाट नै गर्न सकिन्छ । साथै आर्थिक ब्यवस्थापन महत्पुणर् कडि हो । उद्देश्य प्राप्तिका लागि हरेक नागरिकमा सिप र अनुशासन अपरिहार्य हुन्छ ।’ उनले आगामी दिनमा जिल्लाका सहकारीहरु सफल भएको हेर्न पाईयोस् भन्दै शुभकामना समेत दिए ।
यस्तै जिल्ला सहकारी संघ दैलेखका अध्यक्ष भुपेन्द्र खड्काले जिल्लामा संचालन भएको तालिममा सक्रिय सहभागिता जनाउने सम्पुणर् सहभागिहरुलाई धन्यवाद दिए । अध्यक्ष खड्काले संघले अबको केही दिनमा जिल्लाका ११ वटै पालिकामा रहेका सहकारीको अनुगमन गरिने वताए । अध्यक्ष खड्काले अभियानको थालनी गुराँस गाउपालिकाबाट गर्ने भन्दै जिल्लामा रहेका हरेक सहकारीको श्रीवृद्धिका लागी आफुहरु दिनरात खटिरहेको धारणा राखे ।
राष्ट्रिय सहकारी महासंघ लिमिटेडको आयोजना तथा जिल्ला सहकारी संघ दैलेखको समन्वयमा संचालन भएको तालिममा सहकारी व्यवस्थापन र सहकारीको लेखा व्यवस्थापन लगायतका विषयमा तालिम दिईएको थियो । तालिमको सहजिकरण राष्ट्रिय सहकारी महासंघ लिमिटेडका वरिष्ट प्रवन्धक गोपिकृष्ण भण्डारीले गरेका थिए । तालिममा जिल्लाका ११ वटै पालिकाका सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *