दैलेखमा जसपा जिल्ला कमिटी एकिकृत समाजवादीमा समाहित

मातृभूमी राजनितिक व्युरो । ०८ चैत दैलेख
जनता समाजवादी पार्टी दैलेख जिल्ला कमिटी नेकपा एकिकृत समाजवादीमा समाहित भएको छ । जसपा प्रदेश कमिटीका सचिव हिमवहादुर कार्कि (हिमाल)का अनुसार जिल्ला कमिटी नै नेकपा एकिकृत समाजवादीमा समाहित भएको हो ।
मंगलवार कर्णालीका पूर्वमन्त्री एवं नेकपा एकिकृत समाजवादी कर्णाली प्रदेश अध्यक्ष अमर वहादुर थापाले दैलेख जसपालाई पार्टीमा स्वागत गरेका हुन् । एकिकृत समाजवादी प्रवेश गर्नेहरूमा जसपाका कर्णाली प्रदेश कमिटी सचिव हिमाल, जिल्ला कमिटी दैलेखका अध्यक्ष वमबहादुर रावत लगाएत २२ जनाको जिल्ला कमिटि नै एकिकृत समाजवादी पार्टीमा समाहित भएको हो ।
त्यस्तै, नेपाली काँग्रेसका क्रियासिल सदस्य डिल्ली वोगटी र प्रेमवहादुर थापा मगर पनि एकिकृत समाजवादीमा प्रवेश गरेका छन् । नारायण नगरपालिका वडा नं. ३ का दुवै जनाले काँग्रेसको क्रियासिल सदस्यता त्यागी एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेको एकिकृत समाजवादी दैलेखले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *