दैलेखमा २५ हजार वढी मतदाता थपिए

मातृभूमी संवाददाता । १४ चैत दैलेख
दैलेखमा २५ हजार भन्दा वढी मतदाता थपिएका छन् । दैलेखमा पाँच वर्षको अवधिमा २५ हजार ५ सय ६ जना मतदाता थपिएका हुन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि दैलेखमा एक लाख ५८ हजार ४ सय ८९ जनाले मतदानमा भाग लिन पाउने छन् । २०७४ को स्थानीय तह निर्वाचनमा १ लाख ३२ हजार ९ सय ८३ जना मतदाता रहेका थिए ।
आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि सवैभन्दा धेरै मतदाता दुल्लु नगरपालिकामा र सबैभन्दा कम मतदाता ठाँटिकाँध गाउँपालिमा रहेका छन् । दुल्लु नगरपालिकामा २५ हजार ५ सय २८ जना मतदाता छन् भने ठाटीकाँध गाउँपालिका १० हजार ३ सय ७५ मतदाता रहेको आयोगले जनाएको छ ।
यस्तै दैलेखको आठबीस नगरपालिकामा १६ हजार ५ सय ६७ जना, चामुण्डा विन्द्रासैनी नगरपालिकामा १४ हजार ६ सय ३३ जना र नारायण नगरपालिका १७ हजार ८ सय ६७ जना मतदाता रहेको जनाईएको छ । आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा गुराँस गाउँपालिकामा १३ हजार ४ सय ९२ जना, डुङ्गेश्वर गाउँपालिकामा १० हजार ५ सय ८० जना, नौमूले गाउँपालिकामा १२ हजार ८ सय ६ जना मतदाता रहेका छन् ।
यसैगरी भगवतीमाई गाउँपालिकामा ११ हजार ४ सय ९३ जना, भैरवी गाउँपालिकामा १२ हजार ९ सय ३१ जना र महाबु गाउँपालिकामा १२ हजार २ सय १७ जना मतदाता रहेको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *