नारायणका १० हजार भन्दा वढी बालबालिकालाई टाइफाईड विरूद्दकाे खोप लगाईने

मातृभूमी संवाददाता । २२ चैत दैलेख
दैलेखको नारायण नगरपालिकाका १० हजार भन्दा वढी बालबालिकालाई टाइफाईड रोग विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको देशभरीका बालबालिकालाई टाइफाईड विरुद्धको खोप लगाउने अभियान अन्तरगत दैलेखको नारायण नगरपालिकाका १५ महिना देखी १५ बर्षसम्मका १० हजार भन्दा वढी बालबालिकालाई खोप लगाउन लागिएको नारायण नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक लालवहादुर खड्काले वताए ।
सरकारको लक्ष्य अनुसार नारायण नगरपालिकाका १० हजार ४ सय बालबालिकालाई टाइफाईड रोग विरुद्धको खोप लगाउन लागिएको सहसंयोजक खड्काले जानकारी दिए । यहि चैत २५ गतेदेखि नगरपालिकाका बालबालिकालाई टाइफाईड विरुद्धको खोप लगाइने खड्काले वताए । सहसंयोजक खड्काका अनुसार यसअघि जिल्लाभरीका बालबालिकाहरुलाई नियमित रुपमा १२ प्रकारका खोप लगाउने गरिएको छ । तर अब भने टाईफाईड बिरुद्धको खोप पनि नियमित खोप कार्यक्रम अन्तरगत नै समाबेश गरिने छ ।
नारायण नगरपालिकाका ४३ खोप केन्द्रबाट खोप लगाईने जनाईएको छ । ५ बर्ष माथीका बालबालिकालाई बिद्यालयमै पनि खोप लगाईने छ । टाइफाईड बिरुद्धको खोप अत्यन्तै प्रभावकारी रहेकाले बालबालिकालाई तोकिएको मिती र खोप केन्द्रमा लगेर खोप लगाउन नारायण नगरपालिका स्वास्थ्य शाखाले सम्पुणर्मा आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *