नारायण नगरपालिकाको उपमेयरकाे टिकट पाए जित्छु : सिजापति

मातृभूमी राजनितिक व्युराे । २५ चैत दैलेख
स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै दैलेखका विभिन्न पालिकामा उम्मेदवारहरुको चर्चा चलिरहेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागी जिल्लाका क्रियाशिल राजनितिक दलले चुनावी कार्यक्रमसँगै उम्मेदवार चयनका लागि कसरत गरिरहेका छन् । जिल्लामा रहेका ११ वटा स्थानीय तहमा नेतृत्वका लागी कसले टिकट पाउँछ भन्ने विषयमा चिया पसल, चोक, चौतारोमा वहस हुने गरेको छ ।
उम्मेदवारका आकांक्षीहरु आफुले नेतृत्वका लागी टिकट पाउने दावी गरिरहेको भएपनि अहिले नै कुनै पनि पार्टीले आधिकारीक उम्मेदवार किटान गरेका छैनन् । जिल्लाकै पहिलो र पुरानो नारायण नगरपालिकामा को उम्मेदवार हुन्छ भन्ने विषय सर्वत्र चासोको विषय वनेको छ । यस्तै नारायण नगरपालिकाको मेयरको चर्चा जति चलेको छ त्यति उपमेयरको चर्चा नचलेपनि धेरैले आकांक्षा देखाएका छन् ।
यस्तै नारायण नगरपालिकाको उपमेयरका लागि प्रभा सिजापति (थापा)ले तिव्र आकांक्षा व्यक्त गरेकि छन् । उनले पार्टीले न्याय गरेर टिकट दिएमा आफ्नो जित शुनिश्चित रहेको वताउँदै आएकी छन् । यहाँका स्थानीय तहमा अध्यक्ष र मेयरको चर्चा चलिरहेका वेला सिजापतिले उपमेयरका लागि आफ्नो दावी प्रस्तुत गरेकी हुन् ।
राजनितिक वातावरणमा हुर्केकी र पढेलेखेकी सिजापतिले पार्टीले उचित मुल्यांकन गरी टिकट दिएमा आफ्नो जित शुनिश्चित रहेको दावी गरिन् । नारायण नगरपालिका वडा नं. २ कुसाडामा जन्मे हुर्केकी सिजापति २०३८ सालमा कक्षा ८ मा पढ्दा पढ्दै नेविसंघको सदस्यता लिएर राजनितिमा होमिएकी हुन् । २०४६ सालको आन्दोलनमा सक्रिय सहभागिता जनाएकी सिजापति ०४६ सालमा नेपाल महिला संघ दैलेखको सचिव भएर कुशलता पुर्वक कार्य सम्पन्न गरेकी थिईन् भने हाल महिला संघको केन्द्रिय महाधिवेशन प्रतिनिधी हुन् ।
सिजापतिले भनिन्, ‘नेपाल शिक्षक संघ दैलेखको संस्थापक सदस्य हुँदै २०४७ सालदेखी हाल सम्म शिक्षक संघमा सक्रिय सदस्य भएर काम गरिरहेको छु । २०५१ सालदेखी निरन्तर केन्द्रिय प्रतिनिधी हुँदै २०६९-०७२ केन्द्रिय सदस्यमा निर्वाचित समेत भए । यतिमात्र हैन २०७७ फागुनमा नेपाली कांग्रेसको केन्द्रिय निति अनुसन्धान तथा प्रतिष्ठान अन्तरगत उच्च शिक्षा विषयगत समितिको विज्ञका रुपमा नियुक्त भई अध्यक्षको हैसियतमा काम समेत गरिसकेको छु ।’
नेपाली कांग्रेको मेचि-महाकालि जागरण अभियान अन्तरगत प्रशिक्षकका रुपमा (पिलाडी-लालिकाँडा) पिला जागरण अभियान सक्रियता पुर्वक सम्पन्न गरेकी सिजापतिले आफु नारायण नगरपालिकाको उपमेयर भएर काम गर्न सक्षम रहेको वताईन् ।
लामो राजतिनिक पृष्ठभुमिवाट आएकी सिजापति वि.सं. २०१० सालमा दैलेखका वडाहाकिम भुपेन्द्र वहादुर सिंहलाई लखटेको आरोपमा १ वर्ष जेल जिवन र २०१५ सालमा डा. केआई सिंहको सयुंक्त प्रजातान्त्रिकका तर्फवाट निर्वाचन क्षेत्र नं. ७६ दैलेखका उम्मेदवार रण वहादुर वडुवालकी नातिनी हुन् ।
उनका पिता खड्गवहादुर सिजापति २०२५ सालमा भारतको वहराइचवाट नेपाली कांग्रेसको सदस्यता लिएर नेपाली कांग्रेसमा सक्रिय पुर्वक काम गरिरहेका छन् । खड्गवहादुर २०३६ सालको जनमत संग्रहका क्रममा जिल्लामा अग्रणी भुमिकामा थिए भने २०४९ सालमा जिल्ला विकास समिति दैलखेको उपसभापति समेत थिए । यस्तै नेपाल वार एसोसियसन दैलेखको अध्यक्ष हुँदै DLA को उपाध्यक्ष रहेका खड्गवहादुरको छत्रछायाँमा हुर्केकी प्रभामा राजनितिक संस्कार, कटिवद्ध, क्रियासिल र जुझारु रुपमा नेपाली कांग्रेस पार्टी निर्माणमा लागिरहेकी छन् ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनका वेला नारायण नगरपालिकाको उपमेयरमा तिव्र चर्चा चलेकी सिजापति यसपाली पार्टीले आफ्नो उचित मुल्यांकन गरी टिकट दिए नगरवासीलाई निरास नपारी काम गर्न योग्य र सक्षम भएको वताईन् ।
उनी विगत लामो समयदेखी शिक्षण पेशामा आवद्ध छन् । नारायणनगरबासीहरुको पनि सिजापति उपमेयर भए राम्रो हुन्थ्यो भन्ने चाहाना राखेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *