दैलेखका ११ पालिका एक्लै कब्जा गर्ने एमालेको दावी, क्लिन स्वीप गर्ने रणनितिमा गठवन्धन

मातृभूमी राजनितिक व्युरो । २७ चैत दैलेख
गत स्थानीय तहको निर्वाचनमा दैलेखका ११ स्थानीय तहमध्ये २ नगरपालिका प्रमुख/उपप्रमुख र २ नगरपालिका मध्ये १ मा प्रमुख र १ मा उपप्रमुख सहित ७ वटा स्थानीय तहमा एमालेले जितेको थियो । कांग्रेसले ३ तहमा जित्दा १ नगरपालिकामा प्रमुख जितेको थियो । दैलेखका मुख्य प्रतिष्पर्धी दल नै एमाले र कांग्रेस थिए । तर अहिले अवस्था फेरिएको छ । एमाले बाहेकका दल गठबन्धन गरेर चुनावमा जाने अन्तिम तयारी गर्दैछन् ।
अघिल्लो पटक जिल्लाको ७ स्थानीय तहमा जितेको एमालेको मतभन्दा तत्कालीन अवस्थामा कांग्रेस र माओवादीले ल्याएको मत मात्रै जोड्दा पनि यहाँका सम्पुर्ण पालिकामा एमाले पछाडि देखिन्छ । त्यसमाथि एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चाको मत गठबन्धनमा जोड्दा एमालेलाई आगामी चुनावमा विरासत जोगाउन चुनौती देखिन्छ ।
अघिल्लो पटक भन्दा माओवादीको संगठन अहिले दैलेखमा वलियो देखिन्छ । यता एमालेका केहि प्रभावशाली नेता नेकपा एसको प्रभावशाली नेता बनेर आफ्नो प्रभाव देखाईरहेका छन् । एमाले दैलेखका प्रभावशाली नेताहरु अमरवहादुर थापा, टेकवहादुर खाँण, जंगवहादुर शाही, वरुनाथ योगी मयाराम अधिकारी लगाएतका नेताहरु नेकपा एसमा छन् । जसका कारण एमालेलाई विरासत जोगाउन दैलेखमा चुनौती थपिएको हो ।

अस्थिर शक्ति

केही दशकयता दैलेखमा एमाले र कांग्रेसको प्रभाव बराबर जस्तै छ । कहिले को अगाडि देखिन्छन् त कहिले को अगाडि । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा मध्यपश्चिममै दैलेख निर्वाचन क्षेत्र नं. १ नेपाली कांग्रेसले कब्जा गर्‍यो भने क्षेत्र नं. २ मा एमाले विजयी भयो । तर २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा एमालेले क्लिन स्वीप गर्‍यो । यो अवस्थामा सांगठनिकरुपमा बलियो मानिएको कांग्रेस कमजोर जस्तै देखियो ।
२०७४ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा एमालेले ११ स्थानीय तहमध्ये ७ वटा स्थानीय तहमा जित्यो भने कांग्रेस ४ पालिकामा विजयी भयो । अनि २०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्ने गरी चुनावी तालमेल गरेर निर्वाचनमा गए । दैलेखका प्रतिनिधि सभाका २ निर्वाचन क्षेत्रमा गठबन्धनको तर्फबाट तत्कालीन एमालेका रविन्द्रराज शर्मा र राजवहादुर वुढा निर्वाचित भए ।
यसैगरी २०७४ सालको प्रदेश निर्वाचनमा एमाले र माओवादी केन्द्र चुनावी तालमेल गरेको निर्वाचनमा ४ प्रदेश निर्वाचन क्षेत्र मध्ये १ मा माओवदीकेन्द्र र वाँकि ३ प्रदेश निर्वाचन क्षेत्रमा एमाले विजयी भयो । क्षेत्र नम्बर १ (क) बाट माओवदी केन्द्रका धर्मराज रेग्मी (ख) बाट एमालेका अमरवहादुर थापा क्षेत्र नम्बर २ (क) बाट एमालेका शुसिल थापा र (ख) बाट राजबहादुर शाही निर्वाचित भएका थिए । जसमध्ये रेग्मी एमाले र अमरवहादुर एकीकृत समाजवादीमा छन् ।

गत स्थानीय तहको मत परिणाम

१. नारायण नगरपालिका
मेयर-एमाले (४७२५), कांग्रेस (४४५१) र माओवादी केन्द्र (३९९)
उपमेयर-एमाले (हाल नेकपा एस ४८६६), कांग्रेस (४२८९) र माओवादी केन्द्र (४४१)
२. दुल्लु नगरपालिका
मेयर-कांग्रे (६३४९), एमाले (६२८०) र माओवादी केन्द्र (१९२३)
उपमेयर-एमाले (६४७८), कांग्रेस (६१०९) र माओवादी (१८३५)
३. चामुण्डा विन्द्रासैनी नगरपालिका
मेयर-एमाले (२७७३), कांग्रेस (२६७०) र माओवादी केन्द्र (८१३)
उपमेयर-एमाले (२९५४), कांग्रेस (२४८०) र माओवादी केन्द्र (७१०)
४. आठविस नगपालिका
मेयर-एमाले (३९२६) र कांग्रेस (३८८०)
उपमेयर-कांग्रेस (४१८७), एमाले (३९९०) र माओवादी (१७९५)
५. ठाँटिकाँध गाउँपालिका
अध्यक्ष-एमाले (१९२४), कांग्रेस (१५६२) र माओवादी (१३०६)
उपाध्यक्ष-एमाले (हाल नेकपा एस १९७६), कांग्रेस (१५३२) र माओवादी (१३४४)
६. भैरवी गाउँपालिका
अध्यक्ष-एमाले (३५८४), कांग्रेस (३०७७) र माओवादी (३०१)
उपाध्यक्ष-एमाले (३४८३), कांग्रेस (२९८२) र माओवादी (३८०)
७. महावु गाउँपालिका
अध्यक्ष-एमाले (हाल नेकपा एस ३५२२), कांग्रेस (२९००) र माओवादी (७३३)
उपाध्यक्ष-एमाले (हाल नेकपा एस ३५०८), कांग्रेस (२८८७) र माओवादी (८३८)
८. नौमूले गाउँपालिका
अध्यक्ष-कांग्रेस (३१५२), एमाले (२६४४) र माओवादी (१६२८)
उपाध्यक्ष-कांग्रेस (३२८०), एमाले (२७३४) र माओवादी (१४१९)
९. भगवतीमाई गाउँपालिका
अध्यक्ष-एमाले (२३२९), कांग्रेस (१८८९) र माओवादी (१६७२)
उपाध्यक्ष-एमाले (२४२१), कांग्रेस (१८८९) र माओवादी (१३७८)
१०. डुङ्गेश्वर गाउँपालिका
अध्यक्ष-कांग्रेस (२७८७), एमाले (२४८७) र माओवादी (४५३)
उपाध्यक्ष-कांग्रेस (२६२८), एमाले (२६१८) र माओवादी (४६४)
११. गुराँस गाउँपालिका
अध्यक्ष-कांग्रेस (४१६४), एमाले (३४२३) र माओवादी (४९९)
उपाध्यक्ष-कांग्रेस (४०३७), एमाले (३५६९) र माओवादी (४७२)
दैलेखमा स्थानीय तहको निर्वाचन नजिकिएसँगै जोडघटाउको राजनीति सुरु भएको छ । दैलेखमा नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले चुनावी गठवन्धन गर्ने निश्चित भैसकेको छ । गठवन्धनका दलहरु एमालेलाई क्लिन स्वीप गर्ने रणनीतिमा छन् भने नेकपा एमाले एक्लैले ११ वटै पालिका कब्जा गर्ने दावी गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *