दैलेखमा पहिलो पटक माओवादीका वडाध्यक्ष विजयी

मातृभूमी राजनितिक व्युरो । ३१ बैशाख दैलेख
दैलेखमा नेकपा माओवादी केन्द्रले पहिलो पटक वडाध्यक्ष जीतेको छ । नेकपा माओवादी केन्द्रबाट डुङ्गेश्वर गाउँपालिका-१ को वडाध्यक्षका उम्मेदवार श्याम राना विजयी भएका हुन् । रानाले ७ सय ८१ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन् ।
उनका निकटम् प्रतिस्पर्धी एमालेका लोकबहादुर डांगीलाई २ सय ५७ मतले पराजित गरेका हुन् । एमालेका डांगीले ५ सय २४ मतमा सिमित भएका छन् । यो वडामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको गठबन्धन थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *