दैलेखको दुल्लु १ मा एमालेको प्यानल नै विजयी

मातृभूमी राजनितिक व्युरो । ३१ बैशाख दैलेख
दैलेखको दुल्लु नगरपालिका वडा नं. १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका तर्कवहादुर खड्काले ५ सय ९७ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका छन् । उनका निकतम प्रतिद्धन्दि नेपाली कांग्रेसका नयाराम थापाले ३ सय २५ मत प्राप्त गरेका छन् ।
यसैगरी महिला वडा सदस्यमा एमालेका प्रेम कुमारी थापाले ५ सय ४६, दलित महिला वडा सदस्यमा एमालेका देवीसरा वादी ५ सय ३९ र सदस्यहरुमा एमालेका नन्दाराम खड्का ५ सय ५६ र शक्तिवहादुर खड्का ५ सय ३४ मत ल्याएर विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *