एशियन लाईफ दैलेखद्धारा बालबालिकालाई स्टेशनरी सहयोग

मातृभूमी संवाददाता । २२ चैत्र दैलेख
एशियन लाईफ इन्स्योरेन्स दैलेख शाखाले बालबालिकालाई स्टेशनरी सामग्री वितरण गरेको छ । कम्पनीले नारायण नगरपालिका ६ मा रहेको रेडक्रस मध्यामिक विद्यालयका गरिब, जेहेन्दार तथा बिपन्न र श्रवाण शक्ति कम भएका बालवालिकालाई स्टेशनरी सामाग्री सहयोग गरेको हो ।
कम्पनीको १५औँ वार्षिक उत्सवको अवसर पारेर रेडक्रम माध्यामिक विद्यालयका बिपन्न तथा आर्थिक अवस्था कमजोर भएका ३० जना विद्यार्थीलाई कापी, कलम लगाएतका साम्रगी विद्यालयमै पुगेर वितरण गरिएको कम्पनीका दैलेख शाखा प्रमुख डम्मर ढकालले जानकारी दिए ।
स्टेशनरी सामाग्री वितरण कार्यक्रममा कम्पनीका दैलेख शाखा प्रमुख ढकाल, वरिष्ठ अभिकर्ता पुन्य शर्मा रुपाखेती, बिष्णु भन्डारीको सहभागितामा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष एवं नारायण नगरपालिका वडा नं. ६ का अध्यक्ष जनकप्रसाद शर्मा र विद्यालयका शिक्षकहरुको उपस्थितीमा बालबालिकालाई स्टेशनरी वितरण गरिएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *