तुर्माखाँदमा आँखा शिविर संचालन, ४ सय वढिले लिए सेवा

मातृभूमी संवाददाता । २३ चैत्र अछाम (तुर्माखाँद)
अछामको तुर्माखाँद गाउँपालिकामा संचालन भएको दुई दिने आँखा शिविरमा पहिलो दिन ४ सय भन्दा वढि नागरिकले सेवा लिएका छन् । तुर्माखाँद गाउँपालिका र नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल तेज कोहिली रुइत फाउण्डेसनको संयुक्त आयोजनामा संचालन भएको शिविरमा विहिवार ४ सय भन्दा वढिले सेवा लिएका हुन् ।
दुई दिने शिविरको पहिलो दिन विहिवार २ सय ३१ जना महिला र २ सय ३२ जना पुरुष गरी ४ सय ६३ जनाले सेवा लिएको तुर्माखाँदा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यकेन्द्र वहादुर वयकले जानकारी दिए ।
स्वास्थ्य शाखा प्रमुख वयकका अनुसार शिविरको पहिलो दिन विहिवार ४४ जना महिला र ३१ जना पुरुष गरी ७५ जनाको आँखाको मोतिविन्दुको सल्यक्रिया समेत गरिएको छ । त्यस्तै शिविरमा ३ सय ८८ जनालाई औषधी समेत वितरण गरिएको थियो ।
शिविरमा २ सय २५ जना आँखाका विरामीलाई चस्मा वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख वयकले वताए । उक्त २ दिने शिविर शुक्रवार पनि संचालन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *