आवश्यकताका आधारमा योजना तयार गरौ : सांसद बिसि

मातृभूमि संवाददाता । २४ चैत्र दैलेख
दैलेख निर्वाचन क्षेत्र नं. १ ख प्रदेशका सांसद कृष्ण कुमार बिसीले गाउँ बस्तिका समस्या समाधान गर्न आवश्यकताका आधारमा योजनाहरु तयार गर्नुपर्ने बताएका छन् । नारायण नगरपालिका ४ का नागरिकका समस्याका बुझ्न गाउँ पुगेका सांसद बिसीले जनताका आवश्यकतालाई मध्यनजर गर्दै जनप्रतिनिधिले बिकासका काम गर्नुपर्ने बताउदै आफुले पनि सोही अनुसारका काम गर्ने बताएका हुन् ।
जनताका काममा पार्टीगत विभेद नगरी आवश्यकताका आधारमा बिकास निर्माण लगायतका काम जनमुखी भएर गर्न आफू सदैब लागिपर्ने सांसद बिसिले बताए । योजनाहरु तयार गरि सम्बन्धित ठाउँमा पहल गर्नका लागि आफुले सक्दाे पहल गर्ने बताए ।
सांसद बिसीले आफुले जनतासामु गरेका बाचा पूरा गर्न प्रतिबद्ध रहेको बताउँदै संसद बैठक बाहेक अन्य समयमा जहिलेपनी जनताको घरदैलोमा पुग्ने बचनवद्वता व्यक्त गरे ।
यस्तै नेपाली कांग्रेसका नेता टेकबहादुर कटुवालले वडाका जनप्रतिनिधिहरुलाइ योजानाहरु प्राथमिकतामा राखी काम गर्न सुझाब दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *