भबिष्यमा के गर्ने भनेर बलियो योजना बनाउन जरुरी : समन्वय प्रमुख शाही

मातृभूमी संवाददाता । २४ चैत्र दैलेख
जिल्ला समन्वय समिती दैलेखका प्रमुख नमराज शाहीले भबिष्यमा के गर्ने भनेर बलियो योजना बनाउन जरुरी रहेको वताएका छन् । दैलेख सदरमुकाममा एभरेष्ट क्लव दैलेखले आयोजना गरेकाे जलवायु उत्थानशील समावेशी खानेपानी, सरसफाई र स्वच्छता मार्फत नेपालमा जलवायु संकटासन्नतालाई सम्वोधन गर्न सह-निर्माण कार्यशाला गोष्ठीलाई सम्वोधन गर्दै प्रमुख शाहीले यस्तो वताएका हुन् ।
उनले जिल्लामा काम गर्ने संघ संस्थालाई पालिका प्रती बफादार भएर काम गर्न सुझाव दिए । प्रमुख शाहीले गएको असोजमा आएको अविरल बर्षातका कारण दैलेखका ९० वडा मध्ये कुनै पनि वडा पहिरोले बाँकी नरहेको भन्दै यसको रोकथामका लागि विशेष योजना बनाउन जरुरी रहेको समेत वताए । उनले खानेपानीका मुहान सरक्षणका लागि बन जङ्गलको सरक्षण र बृक्षारोपण गर्नमा विशेष ध्यान दिनुपर्ने धारणा राखे ।
यस्तै कार्यक्रममा भगवतीमाई गाउँपालिका उपाध्यक्ष मिना खड्काले स्वच्छ खानेपानी पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार भएको वताईन् । खानेपानीको क्षेत्रमा काम गर्न इच्छुक संघ संस्थालाई पालिकामा स्वागत गर्न तयार रहेको समेत उपाध्यक्ष खड्काले वताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *