एक वर्षमा दैलेखका ४ हजार बढिले लिए राहादानी

मातृभूमी संवाददाता । ११ श्रावण दैलेख
एक वर्षको अवधीमा दैलेखका ४ हजार ६ सय १४ जनाले राहादानीको सिफारिस लिएका छन् । जिल्ला प्रशासन कार्यालयले दैलेखले आर्थिक वर्ष २०७८/०७९ को चैत्रबाट ई-राहादानी सेवा सुरु गरेको थियो । ई-राहादानी सुरु गरेको ४ महिनामा १ हजार २ सय ३३ जनाले राहादानीको सिफारिस लिएको जिल्ला प्रशासन कार्यलय दैलेखले जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाले आर्थिक वर्ष २०७९/०८० को अवधीमा ४ हजार ६ सय १४ जनाले राहादानी लिएको जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले एक वर्षको अवधीमा ८ सय ८५ जना महिला र ३ हजार ७ सय २९ जना पुरुषले राहादानीका लागी सिफारिस गरिएको जानकारी दिए ।
आर्थिक वर्ष २०७९/०८० को साउनमा ७१ जना महिला र ३ सय ३७ पुरुष, भदौमा ४८ जना महिला र २ सय ६२ जना पुरुष, असोजमा ४८ जना महिला र २ सय २५ जना पुरुष, कात्तिकमा ६६ जना महिला र ३ सय ४७ जना पुरुष, मंसिरमा ४४ जना महिला र २ सय ५० जना पुरुष, पुसमा ६९ जना महिला र ३ सय ८५ जना पुरुष, माघमा ८० जना महिला र २ सय ९० जना पुरुषले राहादानीका लागी सिफारिस लिएका छन् ।
यस्तै फागनुमा ९५ जना महिला र ३ सय ८६ जना पुरुष, चैत्रमा ७९ जना महिला र २ सय ९७ जना पुरुष, बैशाखमा ९९ जना महिला र ३ सय ४० जना पुरुष, जेठमा १ सय ६ जना महिला र ३ सय ८० जना पुरुषले राहादानीका लागी सिफारिस लिएको जिल्ला प्रसाशन कार्यालय दैलेखको तथ्यांकमा उल्लेख छ ।
रोजगारीका लागी विभिन्न खाडी मुलुक र बिदेशमा पढ्न जाने विद्यार्थीका कारण राहादानी लिनको संख्या बढेको प्रशासनले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार राहादानी सिफारिस, नविकरण, हराएको, नावालक बालिका सहितको राहादानी सिफारिस गर्दा २ करोड ७७ लाख ९७ हजार ५ सय राजश्व संकलन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *