दैलेखमा चट्टयाङ लागेर ६ जना बालिका घाइते
मातृभूमी संवाददाता । १९ कात्तिक दैलेख
दैलेखको भगवतीमाई गाउँपालिकामा चट्टयाङ लागेर ६ जना बालिकाहरु घाईते भएका छन् । भगवतीमाई गाउँपालिका ५ साँङ्गखोलाका ६ जना बालिकाहरु जङ्गलबाट गाईबस्तु लिएर घर फर्किदै गर्दा बडलेख नजिक सोमबार साँझ चट्टयाङ लागेर घाइते भएको प्रहरीले जनाएको छ ।
भगवतीमाई गाउँपालिका ५ का १४ बर्षिया बिपना थापा मगर, १६ बर्षिया संगीता थापा मगर, १५ बर्षिया किस्ना थापा मगर, ११ बर्षिया करिस्मा थापा मगर, १५ बर्षिया सम्झना थापा मगर र १३ बर्षिया चेतना थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सुनिल दाहालले जानकारी दिए ।
घाइतेहरुको जिल्ला अस्पताल दैलेखमा उपचारका लागि ल्याउन लागिएको प्रहरी प्रमुख डिएसपी दाहालले बताए । घाइते मध्य संगिताको अबस्था गम्भीर रहेको उनको भनाई छ ।

