भगवतीमाई चट्टयाङ अपडेट : गम्भिर घाईते संगिताको सुर्खेतमा उपचार जारी
मातृभूमी संवाददाता । २० कात्तिक दैलेख
दैलेखको भगवतीमाई गाउँपालिकामा चट्टयाङ लागेर ६ जना बालिकाहरु घाईते भएका छन् । भगवतीमाई गाउँपालिका ५ साँङखोलाका ६ जना बालिकाहरु जंगलबाट गाईबस्तु लिएर घर फर्किदै गर्दा बडलेख नजिक सोमबार साँझ चट्टयाङ लागेर घाइते भएको प्रहरीले जनाएको छ ।
भगवतीमाई गाउँपालिका ५ का १६ वर्षीया संगीता मगर, १७ वर्षीया बिष्णु थापा मगर, १२ वर्षीया करिष्मा थापा मगर, १४ वर्षीया विपना थापा, १६ वर्षीया सम्झना मगर र १४ वर्षीया चेतना थापा मगर रहेका भगवतीमाई गाउँपालिका ५ का कार्यबाहक वडाध्यक्ष भक्तबहादुर बिकले जानकारी दिए ।
गोठालाबाट गाई-बाख्रा लिएर घर फर्किदै गर्दा हुलाकडाँडा पुग्दा पानी पर्न थालेपछि उनीहरुको साथमा गएका ५-६ जना अरु बालबालिकाहरु अगाडि पठाएको तर अलि ठूलो पानी पर्न थालेपछि ओडारमा ओत लागेको ठाउँबाटै बालबालिकाहरुले ती किशोरीहरु भएको ठाउँमा चट्टयाङ परेको देखेको बताइएको छ ।
किशोरीहरु एकै ठाउँ झुम्मिएर उभिएकै ठाउँमा चट्टयाङ परेको र एकैसाथ किशोरीहरु ढलेको थिए । ठूलो असिना पानीले झिजाउँदा पनि उनीहरु नउठेपछि ओडारमा ओत लागेका बालकालिकाहरुले घरमा पुगेर खबर गरेपछि मात्र उद्धार गरिएको परिवारजनले वताएका छन् ।
चट्टयाङ परेको र एकैसाथ किशोरीहरु ढलेको र लामो समय सम्म पनि उनीहरु नउठेको भनी साना बालकालिकाहरुले घरमा खबर गरेपछि त्यहाँ पुगेर उद्धार गरेको स्थानीय टिकाराम थापाले बताए । किशोरीहरुलाई उद्धार गरिएको घटना स्थलमा एउटा कुकुर र एउटा गाई पनि मरेको छिमेकी केबी रोकाय मगरले जानकारी दिए ।
घाइतेहरुलाई सोमबार राति दैलेख अस्पतालमा ल्यायाएर उपचार भैरहेको छ । घाईते मध्ये ५ जनाको उपचार दैलेख अस्पतालमा भैरहेको छ भने गम्भीर घाइते संगीता थापा मगरलाई कणर्ाली प्रदेश अस्पताल सुर्खेत पठाईएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सुनिल दाहालले जानकारी दिए ।
गम्भीर घाइते संगीताको घाँटी र पेटको भागमा चट्टयाङले पोलिएको छ । दैलेख अस्पतालमा उपचार भैरहेका मध्ये बिष्णु र बिपनालाई पनि केही गाह्रो भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी दाहालले जानकारी दिए ।

