ह्रदयघातका कारण कृषि कार्यालय दैलेखका कार्यालय प्रमुख निधन
मातृभूमी संवाददाता । २८ पुष दैलेख
कार्यालयको काम गर्दैगर्दा कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुखको निधन भएको छ । कार्यालयको काम गरिरहेकै बेला ह्रदयघातका कारण कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख ५६ वर्षीय राजु भूजको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी सुनिल दाहालले जानकारी दिए ।
कार्यकक्षमा काम गरिरहेकै बेला असहज महसुस गरी कार्यालय भवनमै रहेको निवासमा आफ्नै ओछ्यान ढलेको अवस्थामा मृत फेला परेको कार्यालयका कर्मचारीले बताएका छन् । तत्कालै दैलेख जिल्ला अस्पतालमा पुर्याइएकोमा चिकित्सकले कार्यालय प्रमुख भुजलाई मृत घोषणा गरेका थिए ।

