नेपाल मगर संघ दैलेखका अध्यक्षमा गरंजा निर्विरोध निर्वाचित
कमल प्रसाद न्यौपाने । ०१ माघ दैलेख
नेपाल मगर संघ जिल्ला समन्वय समिति दैलेखको अध्यक्षमा धन बहादुर गरंजा मगर निर्विरोध निर्वाचित भएका छन् । समितिको ९औँ जिल्ला अधिवेशनबाट आगामी तीनबर्षे कार्यकालका लागि गरंजा मगर अध्यक्षमा निर्विरोध निर्वाचित भएको निवर्तमान अध्यक्ष एवं सल्लाहकार संयोजक सर्वजित थापा मगरले जानकारी दिए ।
दैलेखको डुङ्गेश्वर गाउँपालिका १ चुप्रामा सम्पन्न ९औँ जिल्ला अधिवेशनवाट नौमुले गाउँपालिका ३ द्वारी निवासी गरंजा मगर अध्यक्षमा निर्विरोध निर्वाचित भएको निवर्तमान अध्यक्ष एवं सल्लाहकार संयोजक थापा मगरले जानकारी दिए ।

