दैलेखका ४ वडामा अझै पुगेन विद्युत
नेत्र कठायत । २९ पुष दैलेख
दैलेखका ९० वडा मध्ये ४ वडा अर्थात् ४ दशमलव ४४ प्रतिशत वडामा विद्युत अझै पुग्न सकेको छैन् । नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय सुर्खेतका ८६ वडा अर्थात ९५ दशमलव ५६ प्रतिशत वडामा विद्युतीकरण भएको छ । त्यस्तै दैलेखका विद्युतीकरण नभएका ४ वटा वडा कार्यालयहरूले सोलारको भरमा नागरिकलाई दैनिक सेवा प्रवाह गर्दै आएका छन् ।
दैलेखको आठबीस नगरपालिका वडा नं. २, ५ र ९ र ठाँटीकाँध गाउँपालिका वडा नं. ४ मा अझै विधुतिकरण हुन सकेको छैन् । विद्युतीकरण हुन नसकेका यी पालिकाका वडाहरूमा विद्युतको अभावमा विद्युतीय माध्यमबाट गर्नुपर्ने कामकाजहरु सोलारको भरमा हुँदै आएको ठाँटिकाँध गाउँपालिका ४ का स्थानीय पदम सिजापतिले वताए ।

