सुर्खेतमा फोर्स गाडी दुर्घटना एक जनाको मृत्यु, १६ जना घाइते


मातृभूमी संवाददाता । १५ फागुन

सुर्खेतमा फोर्स गाडी दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपनलिकाबाट सुर्खेतको वीरेन्द्रनगर जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४१९ नम्बरको फोर्स गाडी दुर्घटनामा घाइते सुर्खेतकी भावना लामिछानेको मृत्यु भएको हो । कर्णाली राजमार्गको वीरेन्द्रनगर २ घोडालोटेमा भएको दुर्घटनामा घाइते बराहताल गाउँपालिका ५ सुर्खेतका २८ वर्षीया लामिछानेको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले जानकारी दिए ।

उनका अनुसार माया नर्सिङ होममा उपचारपछि लामिछानेलाई थप उपचारका लागि प्रदेश अस्पताल रिफर गरिएको थियो । मानसिक परामर्श सम्बन्धीको कार्यक्रममा सहभागी हुन वीरेन्द्रनगर जाँदै गरेका भावना सहित बड्डीचौरबाट सोही ठाउँकी मनिषा लामिछाने र सुनिता रिजालले गाडी चढेका थिए । मनिषा रिजाल समेत घाइते छन् । उनीहरूको अवस्था सामान्य रहेको र प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

दुर्घटनामा घाइते हुनेमा दुल्लु नगरपालिका २ का दिलु भण्डारी, भगवती थापा, डिलबहादुर शाही र दुल्लु नगरपालिका ४ का कमल बिश्वकर्मा घाइते छन् । उनीहरुको कर्णाली केयर अस्पताल मुलपानीमा उपचार भैरहेको छ । यस्तै, दुल्लु नगरपालिका ४ का मिनराज पाण्डे, उपेन्द्र खड्का, नारायणप्रसाद उपाध्याय, पूर्णबहादुर विकको प्रदेश अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । दुल्लु नगरपालिका ३ का खगेन्द्रबहादुर शाही,सुस्मिता गौतम, ईभान जेलिना कार्की र वीरेन्द्रनगर ५ सुर्खेतका इन्द्रा कार्की घाइते छन् । उनीहरुको माया नर्सिङ होममा उपचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *