यसबर्ष दैलेख जिल्लाभरीबाट ६ हजार बढी विद्यार्थीले एसईई दिने


मातृभूमी संवाददाता । २३ फागुन दैलेख
माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि दैलेखमा २७ परीक्षा केन्द्र तोकिएको छ । शिक्षा विकास तथा समन्वय ईकाई दैलेखका कार्यालय प्रमुख रमेश मल्लका अनुसार यस पटकको एसईई परीक्षामा दैलेखबाट ६ हजार १ सय ९६ विद्यार्थी सहभागी हुने छन् ।

नियमित तर्फ ४ हजार ५ सय ४ रहेका छन् भने गे्रडबृदि तर्फ १ हजार ४ सय ९६ जना, प्राविधिक तर्फ १ सय ९६ जना विद्यार्थी रहेका छन । गत बर्ष दैलेखबाट एसईई ५ हजार २ सय ५७ जना विद्यार्थीले सहभागी भएका थिए । जसमा छात्र २ हजार ८ सय ६४ रहेका छन् भने छात्रा ३ हजार ३ सय ३२ जना रहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *