दैलेखको आठवीसमा करेन्ट लागेर युवकको मृत्यु
नेत्र कठायत । २२ बैशाख दैलेख
दैलेखको आठवीस नगरपालिकामा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । आठवीस नगरपालिका ४ राकम कर्णालीमा घाँस काट्ने क्रममा करेन्ट लागेर २९ वर्षीय नगेन्द्र बहादुर माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । विद्युत कार्यालयको लापरवाहीका कारण करेन्ट लागेर युवकको मृत्यु भएको भन्दै स्थानीयले कर्णाली राजमार्ग अवरुद्ध गरेका छन् ।
मृतकका आफन्तले कर्णाली राजमार्ग अवरुद्ध गर्दा यातायातका साधनहरू राकममै रोकिएका छन् । पिडित पक्षसँग छलफल गरिरहेको प्रहरीले जानकारी दिएको छ । पिडित पक्षले उचित क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध गरेका हुन् ।


