योजना प्रक्रिया र जनसहभागिता विषयमा छलफल

भगवती कुमारी खत्री । २२ बैशाख दैलेख
दैलेखको नारायण नगरपालिकामा योजना निर्माण, बजेट विनियोजन र कार्यान्वयन प्रक्रियामा नागरिक सहभागिता र पारदर्शिताबारे छलफल गरिएको छ । युनिसेफ र किडाकको सहकार्यमा आयोजित कार्यक्रममा योजना तर्जुमाका सात चरणबारे छलफल गरिएको हो । छलफलमा स्रोत अनुमान, बजेट सीमा निर्धारणदेखि कार्यान्वयन सम्मको सम्पुर्ण प्रक्रिया कति पारदर्शी र जवाफदेही छ भन्नेबारे समीक्षा गरिएको हो ।
नीति अनुसार तेस्रो चरणमा नागरिक सहभागिता सुनिश्चित गर्नुपर्ने भए पनि व्यवहारमा कति प्रभावकारी छ ? भन्ने विषयमा सरोकारवालाबीच संवाद गरिएको जनाईएको छ । सहजकर्ता बालकृष्ण चौधरी र नेत्र केसीले योजना छनोट, प्राथमिकता निर्धारण, बजेट स्वीकृति र कार्यान्वयनमा स्थानीय नागरिकको भूमिकाबारे जानकारी दिएका थिए ।
छलफलमा नगरपालिकाका नगरउप्रमुख तप्ताकुमारी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले सुशासन र पारदर्शिताका लागि नागरिक सहभागिता अनिवार्य हुनुपर्ने धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *