दैलेख उद्योग बाणिज्य संघको अधिबेशन स्थगित
मातृभूमि सबाददाता । २१ बैशाख दैलेख
दैलेख उद्योग बाणिज्य संघको १०औं अधिबेशन स्थगित भएको छ । बैशाख २१ गते आइतबारदेखि सुरु भएको संघको १०औं अधिबेशन गणपुरक संख्या नपुगेपछि स्थगित भएको हो । अधिबेशन पुनः यही बैशाख २४ गतेका लागी आह्वान गरिएको संघका एक सदस्यले बताए ।
सघको कार्य समिति बैठकले यहि बैशाख २४ गतेका लागी पुनः अधिबेशन आह्वान गरेको हो । कार्य समितिले गरेको निर्णय प्रती केही सदस्यहरुले नोट अफ डिसेन्ट लेखेको ती सदस्यले बताए ।

