दैलेखमा चट्याङ्ग लागेर एक जनाको मृत्यू, तीन जना घाइते

अस्मित सिजापति । २१ वैशाख दैलेख
दैलेखमा चट्यांङ लागेर एक जनाको मुत्यू भएको छ । दैलेखकाे नौमूले गाउँपालिका ८ चौराठाका ३१ वर्षीय दशरथ चन्दको चट्यांङ लागेर मृत्यू भएको प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार शनिवार बेलुका घरकाे आँगनमा परेको चट्यांङ लागेर एकै परिवारका चार जना घाइते भएका थिए ।
घाइतेहरूलाइ उपचारका लागि दैलेख अस्पताल ल्याउँदै गर्दा दशरथको ज्यान गएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए । चट्यांग लागेर घाइते भएकी दशरथकी श्रीमती २७ वर्षीया विपना चन्द, ११ वर्षकी छोरी र तीन वर्षका छोराको दैलेख अस्पतालमा उपचार भैरहेकाे छ ।

