दैलेख लाकुरीका क्यान्स पिडित विष्टकाे ज्यान बचाइदिन परिवारकाे अपिल
शंकर किशाेर अभय । २७ वैशाख दैलेख
डुङ्गेश्वर गाउँपालिका २ लाकुरी थम्बबहादुर विष्ट रोजगारीको शीलशीलामा भारत जान थालेको १५ वर्ष भयो । कमजोर आर्थिक अवस्थाकै कारण घर परिवारलाई सहजता होला भनेर थम्ब भारतको सुरतमा रोजगारी गरिरहेका थिए ।
घरको मुख्य खम्बा यतिबेला क्यान्सर रोगबाट थलिएपछि परिवारको विजोग बनेको छ । गाउँमा छोरा कक्षा १० र छोरी आठ कक्षामा पढ्छन् । चार महिनादेखि क्यासर रोगबाट थलिएका थम्ब जीवन मरणको दोसाँदमा छन् । रातदिन उनकी श्रीमती श्रीमानको स्याहरा सुसार गरिरहेकी छन् ।
मुखको क्यान्सर भएर भारतको सुरत नौसारी हस्पिटलमा उपचाररत रहेको डुंगेश्वर गाउँपालिका २ का वडाध्यक्ष यामबहादुर विष्टले जानकारी दिए । चिकित्सकको सल्लाह अनुसार थम्बलाइ निरन्तर अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
उपचार अत्यन्त महँगो भएकोले घर परिवारलाई आर्थिक रूपमा धान्न गाह्रो भइरहको उनको भनाइ छ । कठिन परिस्थितिमा सबै सहयोगी दाताहरु समक्ष आर्थिक सहयोग गरिदिन वडाध्यक्ष विष्टले अनुरोध गरेका छन् ।
तपाईहरुको सानो सहयोगले थम्बको नयाँ जीवन दिन सक्छ । कृपया सक्ने जति सहयोग गरी जीवन बचाइदिनुहोस्,’ विष्टले भने । जीवन बचाउन सहयोगका लागि डुङ्गेश्रर गाउँपालिका २ का वडा अध्यक्ष यामबहादुर विष्टलको नाममा रहेको सानिमा बैंकको खाता नम्बर ०६००११०६०००१४४३ इ-सेवा र नगत पनि सहयोग गर्ने सकिने छ ।
थम्बको उपचारका लागि बिहिबारसम्म संकलन भएको रकम १ लाख १० हजार वडाध्यक्ष विष्टले बिरामीका आफन्तलाई हस्तान्तरण गरिसकेका छन् ।


