सडकमा खाल्डाखुल्डी हुँदा लाँकुरीका नागरिक सास्ति खेप्न बाध्य

मातृभूमी संवाददाता । ३१ बैशाख दैलेख
डुङ्गेश्वर गाउँपालिका २ लाँकुरी हुर्दै देउली जाने सडक खण्डमा खाल्डाखुल्डीले नागरिकलाई आवतजावतमा सास्ती भएको छ । डुङ्गेश्वर गाउँपालिका वडा नं. १ को चुप्रादेखी वडा नं. २ को लाँकुरी जोड्ने सडक खण्डमा खाल्डाखुल्डी हुँदा नागरिकलाई आउजाउमा समस्या भएको हो । सडकमा खाल्डाखुल्डी हुँदा नागरिक जोखिम मोलेर दैनिक यात्रा गर्न बाध्य भएका छन् ।
उक्त सडक खण्ड जीर्ण बनेर यात्रामा सास्ती हुँदा समेत सम्बन्धित निकायले मर्मतमा ध्यान नदिदा बिरामी र दैनिक यात्रा गर्ने यात्रु सास्ती खेप्न बाध्य भएको स्थानीयले वताएका छन् । सडकमा बनेका खाल्डा खुल्डीले साना ठूला सवारी साधनलाई आवतजावतमा सकस हुने गरेको सवारी चालकहरु वताउँछन् ।
डुङ्गेश्वर गाउँपालिका १ चुप्रा देखी वडा नं. २ जोड्ने छोटो दूरीको सडक जीर्ण बन्दा बिरामी, चालक तथा यात्रुले दिनहुँ सास्ती खेप्नु परेको स्थानियको गुनासो छ । चुप्रा बजारदेखी लाकुरी जोड्ने सडकको विभिन्न ठाउँमा अति जीर्ण बनेको चालकहरुको भनाई छ।
सडक जिर्ण बन्दा २० मिनेटको बाटो तय गर्न करिब एक घण्टा लाग्ने गरेको स्थानीय सवारी चलक मनोज बिकले बताए । सडकको दर्जनौं स्थानमा खाल्डाखुल्डी परेकै कारण गाडीको पार्टपुर्जा पनि छिट्टै बिग्रिने र जोखिमपूर्ण यात्राले यात्रु पनि हैरान हुने गरेको चालक मनोजले बताए ।
जीर्ण सडकका कारण नागरिकले सास्ती खेप्नु परेको भन्दै छिटो भन्दा छिटो सडक मर्मत गर्न स्थानीयले सम्वन्धित निकायसँग माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *