सुर्खेतको विरेन्द्रनगरमा महिला स्वास्थ्य क्लिनिक संचालन

मातृभूमी संवाददाता । ३० बैशाख सुर्खेत
कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा सुर्खेत महिला स्वास्थ्य क्लिनिक तथा डाईगोनोस्टिक सेन्टर संचालनमा आएको छ । महिलाहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य सहित विरन्द्रनगर नपालिका ४ एरिचोकमा सुर्खेत महिला स्वास्थ्य क्लिनिक तथा डाईगोनोस्टिक सेन्टर संचालनमा ल्याईएको हो ।
विरेन्द्रनगर नगरपालिका सुर्खेतका नगरप्रमुख मोहनमाया ढकालले रिवन काटेर उक्त सेन्टरको उद्घाटन गरेकी हुन् । उद्घाटन कार्यक्रममा सुर्खेत स्थित विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीता रहेको थियो ।
सुर्खेत महिला स्वास्थ्य क्लिनिक तथा डाईगोनोस्टिक सेन्टरमा स्त्री तथा प्रसुति रोग विषेशज्ञ डाक्टरहरुद्धारा गर्भवती महिलाको गर्भ जाँच तथा परामर्श, तल्लो पेट दुख्ने, सेतो पानी वग्ने, यौनी चिलाउने, महिनावारी गडवडि तथा यौन समस्याको उपचार, पाठ्यघरको क्यान्सरको सम्वन्धी जाँच तथा परामर्श, निःसन्तान परिक्षण तथा उपचार लगाएत सम्पुर्ण स्त्री तथा प्रसुति रोग सम्वन्धी जाँच तथा उपचार गरिने डा. राम विष्टले वताए ।

यस्तै उक्त सेन्टरमा निः सन्तान परिक्षण तथा उपचार, स्तन क्यान्सर तथा स्तन सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा उपचार, सुरक्षित गर्भपतन सेवा सम्बन्धी परामर्श दिनुका साथै भिडियो एक्सरे सेवा लगायत सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार गरिने डा. विष्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *